पाकिस्तानमा दुई सैनिकसहित चार जनाको मृत्य
पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबीच झडप भएको जनाएको छ।
इस्लामाबाद, पुस २६ : पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबीच झडप भएको जनाएको छ। सेनाले गोलाबारीमा संलग्न दुई आतङ्ककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ।
सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्पोटक पदार्थ बरामद गरिएको बताएको छ।
प्रकाशित मिति: १५:०० बजे, बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












