Kathmandu Press

विप्लवले लियो विस्फोटको जिम्मा, बाँस्कोटामाथि १० आरोप

काठमाडौं, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको ....

विप्लवले लियो विस्फोटको जिम्मा, बाँस्कोटामाथि १० आरोप
फाइल फाेटाे

काठमाडौं, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ। विस्फोटा क्षेत्रमा भेटिएको पर्चामा बाँस्कोटामाथि १० आरोप लगाएको छ।

आज बिहान ७ः४० बजे पूर्वसञ्चारमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित घरमा बम विस्फोट भएको थियो। बिस्फोटमा सामान्य क्षति भएको छ। विस्फोटबाट वरपरका घरमा पनि सामान्य क्षति पुगेको छ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा विस्फोट हुनसक्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो। जसले गर्दा मंगलबारदेखि नै बाँस्कोटाको घरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। रातभर सुरक्षाकर्मी त्यही रहेपनि बिहान निस्किेपछि विस्फोट भएको स्थानीय वासिन्दाले बताए।

विस्फोट स्थलमा भेटिएको पर्चामा बाँस्कोटामाथि १० आरोप लगाइएको छ। जसमा भ्रष्टाचार गरेको, कमिसन मागेकोलगायत छन्।

पूवसञ्चारमन्त्री बास्कोटामाथि विप्लवले लगाएका १० आरोप:

१) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२) २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३) १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४) १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५) मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६) सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७) नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८) राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्सशैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९) आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०) देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

प्रकाशित मिति: ११:२५ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्