बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासी, फागुन २८ : बोलेरोको ठक्करबाट नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय....

नवलपरासी, फागुन २८ : बोलेरोको ठक्करबाट नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बोलेरोको ठक्करबाट गोरखाको पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवरको मृत्यु भएको हो।
चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना ३ च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।
ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











