Kathmandu Press

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं, फागुन २८ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ।

आज बिहान ७ः४० बजे मध....

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं, फागुन २८ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ।

आज बिहान ७ः४० बजे मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो। बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको छ। पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ।

घटना कसले घटायो भन्ने एकीन भएको छैन। घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले बताए।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। आज बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीय वासिन्दाको भनाइ छ।

बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन। ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका वेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन काण्डमा मुछिएपछि राजीनामा दिएका थिए।

पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन्।

 

प्रकाशित मिति: १०:०३ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्