Kathmandu Press

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २८ : ब्रिटेनकी स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। मन्त्री नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन....

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २८ : ब्रिटेनकी स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। मन्त्री नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा भने सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्। ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्