Kathmandu Press

१० महिनासम्म पुग्ने नून मौज्दात छ, कृत्रिम संकट पैदा नगरौं : साल्ट ट्रेडिङ

काठमाडौं, फागुन २७ : नून तथा चिनीको विक्रीवितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० महिना भन्दा बढी समयका लागि पुग्ने नून मौज्दात रहेक....

१० महिनासम्म पुग्ने नून मौज्दात छ, कृत्रिम संकट पैदा नगरौं : साल्ट ट्रेडिङ

काठमाडौं, फागुन २७ : नून तथा चिनीको विक्रीवितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० महिना भन्दा बढी समयका लागि पुग्ने नून मौज्दात रहेको बताएको छ।
 
भूकम्प, नाकाबन्दीमा समेत नूनको अभाव नभएको र हाल जस्तोसुकै अवस्थामा पनि १० महिनासम्मका लागि पुग्ने नून रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपालभर पाउन सकिने जनाएको छ। बजारमा नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङले पत्रकार सम्मेलन गरेर नुनको अभाव नहुने प्रतिवद्धता जनाएको हो। 

साल्ट ट्रेडिङ कर्पोरेसनले करिब १ लाख ३२ हजार मेट्रिकटन आयोडिनयुक्त नून गोदाममा, २२ हजार ५ सय मेट्रिकटन मार्गस्थलमा गरी करिव १ लाख ५५ हजार मेट्रिकटन नून रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिईन। 

उनका अनुसार साल्ट ट्रेडिङले आफैँ बिक्री गर्दै आएको अन्य वस्तुहरु समेत मौज्दातमा रहेका छन्। चिनी व्यापारीसँग सँग पर्याप्त मात्रामा चिनी छ, तर बजारमा चिनीको केही अभाव देखिएको छ, उनले भनिन। 

हाल साल्टसँग २ हजार ५ सय मेट्रिकटन गोदाममा र मार्गस्थलमा ७ हजार ५ सय मेट्रिकटन मौज्दात रहेको छ। त्यस्तै युरिया मल २७ हजार टन, डीएपी मल १३ हजार टन पोटास ८३ टन रहेको जनाकारी गराएको हो। त्यस्तै कागज ८ सय टन स्टक रहेकोले पत्रपत्रिका तथा छापा उद्योगहरुलाई समेत नआत्तिन आग्रह गरेको हो।

नेपालमा अनियन्त्रित रुपमा नूनको कारोवारमा कृत्रिम अभाप, अवान्छित मूल्य बृद्धि, गुणस्तरहिन नूनको बिक्री वितरण जस्ता विकृतीलाई हटाउदैँ गुणस्तरयुक्त नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित, नियन्त्रित तथा नियमित गरी कर्पोरेशनलले उच्च गुणस्तर, उचित मूल्य र अपलब्धतालाई सुनिश्चित गर्ने भन्दै २०२० सालमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको स्थापन गरिएको हो। 

कर्पोरेशन अन्र्तगत केन्द्रिय लगायतका ४९ कार्यालयहरु, विभिन्न दुर्गम जिल्ल्लाहरुमा ३१ वटा बिक्री केन्द्र, ६ हजार डिलर तथा किराना खुद्रा पसलमार्फत नेपालभरका पसलमा आपूर्ति व्यवस्था गर्दै आएको छ।

सरकारको समेत २२ प्रतिशत हाराहारीमा लगानी रहेको यो कम्पनीले नुन, चिनी, मलको बिक्रीवितरण गर्दै आएको छ। त्यसको अलावा, अन्य खाद्य वस्तु खाना पकाउने एलपी ग्यासको समेत आपूर्ति व्यवस्थापन गर्दै आएको छ।

खाली सिलिण्डर नहुदा ग्यास भर्न सकिएन : उद्योग सचिव

उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाली सिलिण्डर नहुदाँ भएको ग्यास भर्न समस्या भएको बताएका छन्।  मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको आपुर्ति व्यवस्थाको विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘उपभोक्ताले ग्यासको भण्डार गर्दा बजारमा खाली सिलिण्डर नै छैन्, सिलिण्डर नुहदा भएको ग्याससमेत भर्न सकिएन, उनले भने, बजारमा ग्यासको अभाव भएकै छैन, उपभोक्ताहरु त्यत्तिकै आत्तिनुभएको हो।’

उनले नयाँ ग्यासको सिलिण्डर विक्रि वितरण नगर्न व्यवसायीलाई आग्रह समेत गरेका छन्। पुराना सिलिण्डर मौज्दात राख्ने र नयाँ सिलिण्डर खोज्ने क्रममा बृद्धि भएको छ, उनले भने, एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव को सिर्जना हुने देखिएको छ।

गत तीन दिन सरकारी बिदाको समयमा मन्त्री ज्यू र म बजार अनुगमनमा निस्किएका थियौँ, चाहिने भन्दा बढि सामाग्री मौज्दात राख्ने गरेको भेटियो। 
व्यापारी साथीहरुले पनि अत्याधिक सामाग्री लैजनाने ग्राहकलाई सहजीकरण÷सम्झाउनु पर्ने अवस्था देखिएको छ। ग्राहकहरु अनावश्यक हाल्लाको पछि लाग्दा बजारमा कृत्रिम अभावको सिर्जना हुन सक्छ, हामी सबै लाग्नुको विकल्प छैन, उनले भने। 

बजारमा कुनै पनि सामाग्रीको अभाव छैन, माघ बढि हुदा केही समया हुन सक्छ, तर ६ महिनाका लागि आवश्यक सम्पुर्ण सामाग्री स्टक छ उनले भने। 
सरकारसँग २५ हजार मेक्टीटन चामल र २५ हजार मेक्टिक टन धान स्कट छ, अन्य व्यापारीहरुले समेत ६ महिनाका लागि आवश्यक सम्पूर्ण सामाग्री छ भन्नुभएको छ, आत्तिनु पर्ने अवस्था छैन, उनले भने। 

बजारमा खाद्य सामाग्री तथा औषधीको अभाव नभएपनि मास्कको अभाव देखिएको भन्दै उनले अवको दुई साता भित्र बजारमा सहज रुपमा मास्क पाइने दावी गरे।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्