कोसी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, पुस २५ : कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको थियो। खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन्। तदनुसार आज (बुधबार) राति १२ बजेबाट अधिवेशन अन्त्य हुने भएको हो।
मंगलबार सभामुखको निर्वाचनपछि अधिवेशन अन्त्यका लागि प्रक्रिया चालिएकाे थियाे। साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियाे। मंगलबार भएकाे निर्वाचनले राप्रपाका अम्बरबहादुर विष्टलाई निर्विरोध रूपमा सभामुख बनाएकाे थियाे।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिससँगै राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेकाे छ।











-(86)-1764936079.jpg)
