Kathmandu Press

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, फागुन २७ : लागूऔषध मुद्दाका फरार प्रतिवादी किशोरी राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।  जिराभवानी गाउँपालिका ३ का बस्ने ४५ ....

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, फागुन २७ : लागूऔषध मुद्दाका फरार प्रतिवादी किशोरी राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।  जिराभवानी गाउँपालिका ३ का बस्ने ४५ वर्षीय  कुर्मीलाई जिल्ला अदालत पर्साको २०७६ कात्तिक २९ गतेको फैसलाले लागूऔषध गाँजारचरेश मुद्दामा ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फरार रहेका कुर्मीलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कुर्मीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको छ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्