Kathmandu Press

शेयर बजारमा भारी गिरावट, मध्यदिनमै रोकियो कारोबार

काठमाडौं, फागुन २७ : साताको पहिलो कारोवार दिन मंगलबार १ बजेर १३ मिनट जाँदा नेप्से परिसूचकमा ६ प्रतिशतको गिरावट रहेकोले शेयर कारोबार आजको लाग....

शेयर बजारमा भारी गिरावट, मध्यदिनमै रोकियो कारोबार

काठमाडौं, फागुन २७ : साताको पहिलो कारोवार दिन मंगलबार १ बजेर १३ मिनट जाँदा नेप्से परिसूचकमा ६ प्रतिशतको गिरावट रहेकोले शेयर कारोबार आजको लागि स्थगित गरिएको छ। 

आज नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ६ दशमलव ०२ प्रतिशतले घटेकोे छ। दोश्रो बजार १४३५ दशमलव ८६को विन्दुमा खुलेको थियो भने १४३६ दशमलव ६६को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको बन्द विन्दु नै न्यून विन्दु रहेको छ। आज १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको ८ करोड ५८ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीले सर्वाधिक ३ दशमलब ७६ प्रतिशतले कमाए भने नेको इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको र मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले ‘बियरिस मारुबोजु’को आकृति बनाएको छ, यसले अर्को कारोबार दिन पनि बजारमा विक्रेताको चाप हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले विक्रेताको चाप रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन प्रवृत्तिहिन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। यसले बजारमा विक्रेताको चाप रहेको संकेत गर्दछ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा आपूर्ती बढेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) १७ दशमलब ०३ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको  संकेत गरेको छ। 

निश्कर्ष  

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा  बजार घट्दो प्रवृत्तिमा रहेकोले बजार प्रबेश गर्न अघि सूचकहरुको सकारात्मक संकेत पर्खनु पर्ने देखिएकोले हाल पर्ख र हेरको रणनीति उपयुक्त देखिन्छ। 


 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्