Kathmandu Press

पाँच किलो सुन तस्करीमा संलग्न सात जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

संखुवासभा, फागुन २७ : पाँच किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ। 

राजश्व अनुसन....

पाँच किलो सुन तस्करीमा संलग्न सात जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

संखुवासभा, फागुन २७ : पाँच किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ। 

राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध  ३० करोडरुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो। विशेष सुराकीको आधारमा पक्राउ परेका भोटेको साथबाट प्रहरीले पाँच किलो सुनसहित नगद ३८ हजार ८० र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो। 

भोटेलाई मात्रै तीन करोड २६ लाख ५० हजार रुपैयाँ बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिए। पक्राउ परेका २६ वर्षीय भोटेको बयानका आधारमा प्रहरीले सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको थियो।  

राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहको मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै १५ करोड १३ लाख २४ हजार रुपैयाँ बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईले बर्ता।  

सुन तस्करीमा संलग्न फरार 

पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् । फरार हुनमा भोटखोलाका छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे रहेका छन्। उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको आरोप प्रहरीको छ। सुन तस्कारी गर्नेले एक अर्काको बैंक खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्