Kathmandu Press

सेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार

१३ मध्ये १० समूहका सूचक बढेका छन्। जलविद्युत, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका समूहले उपसूचक बढाएका हुन्। विकास बैंक उपसमूह सर्वाधिक ५.२१ अंकले बढेको छ।
सेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, पुस २४ : सेयर बजार कारोबार बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ विन्दुले बढेर २०८०.१२ अंकमा आएको छ। ६ अर्ब ११ करोड रुपैयाँ ८३ लाखको सेयर कारोबार भएको छ।

१३ मध्ये १० समूहका सूचक बढेका छन्। जलविद्युत, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका समूहले उपसूचक बढाएका हुन्। विकास बैंक उपसमूह सर्वाधिक ५.२१ अंकले बढेको छ।

Hardik ivf

मंगलबार ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारका आधारमा आज पनि सोनापुर मिनरल्स सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रोमा रहेको निफ्राको १९ करोड ७३ लाख र तेस्रोमा सोल्टी होटल लिमिटेडको १७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  

कारोबार रकम बढ्दा नेप्से परिसूचक पनि उकालो लागेको हो। बढेको बजारमा १६५ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन्। कर्णाली र सिन्धु विकास बैंकसँगै  ११ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ।

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्