Kathmandu Press

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन्। मंगलबार ....

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन्। मंगलबार भेट गरी उनले कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राखेशी छन्।

पर्यटन मन्त्रालयमा आज भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथाम उपायको पूर्वतयारीको अवस्थाबारे कुराकानी भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराइन्।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्। उनले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन्। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उनले बताइन्।

भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए। अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा शैयाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराएका थिए।

भेटमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्