नवलपरासीका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, फागुन २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त क....

काठमाडौं, फागुन २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्णबहादुर देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
टेन्डरको काठ उठाएवापत सेवाग्रहीसँग पटक घुस मागेको भन्दै देवकोटासहित सोही कार्यालयका कार्यलय सहयोगी प्रमोद तेलीमाथि अख्तियारमा उजुरी परेको थियो।
सोही उजुरीको आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले देवकोटा र तेलीलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थाबाट नियन्त्रणमा लिएको हो।
देवकोटाले सेवाग्राहीसँग नियमानुसार लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने प्रयोजनका लागि दुःख हैरानी दिई आफ्नै कार्यकक्षमा घुसको मोलमोलाई गर्ने गरेको पनि अभियोग पत्रमा उल्लेख छ।
सो घुस रकम देवकोटाले मागेको र आफूले नबुझी कार्यालय सहयोगी तेलीले बुझ्न लगाएको पनि अख्तियारले जनाएको छ। अख्तियारले दुवैजनामाथि सो रकम बराबरको विगो जरिवाना र कैद सजायको माग गरि विशेष अदालतमा मुद्दा दायर गरेको छ।











