Kathmandu Press

‘पञ्चेश्वरको काम एक महिनाभित्र अघि बढ्छ’

हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै मन्त्री साउदले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय बताए।
‘पञ्चेश्वरको काम एक महिनाभित्र अघि बढ्छ’

महेन्द्रनगर, पुस २४ : परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढ्ने बताएका छन्।

पञ्चेश्वरको काम एक महिनाभित्रै अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको उनले बताए।

Hardik ivf

हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै मन्त्री साउदले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गराए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गरेको उनले बताए।

‘परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ,’ मन्त्री साउदले भने, ‘यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सृजना हुन्छन्।’

१० वर्षभित्र १० हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै मन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताए।

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्