Kathmandu Press

चितवन उद्योग वाणिज्य संघमा सुमन

सोमबार भएको निर्वाचनमा सुमनले १५१५ प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तले ८४३ मत मात्र प्राप्त गरे। संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै विजयी भएको छ।
चितवन उद्योग वाणिज्य संघमा सुमन

चितवन, पुस २४ : उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन्।

सोमबार भएको निर्वाचनमा सुमनले १५१५ प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तले ८४३ मत मात्र प्राप्त गरे। संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै विजयी भएको छ।

वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, उद्योगतर्फवाट अशोक अधिकारी वाणिज्यतर्फबाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फबाट नारायण प्रधान विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले आफूले प्रस्तुत गरेका एजेण्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आफु व्यवसायीहरुको माझमा रहेर र उद्योग वाणिज्य सघले गरेको काम कार्यहरु व्यवसायीहरुलाई जानकारी गराउने उनले बताए। ..

अध्यक्षमा पराजित उम्मेदवार पन्तलेश्रेष्ठलाई बधाई दिँदै व्यवसायिक हकहीतमा काम गर्न आग्रह गरे।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्