Kathmandu Press

प्रधानाध्यपकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन २७ : अख्तियार दुरुपयोग अनुसुन्धान आयोगले डडेल्धुरास्थित भूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक कलापति देवी अवस्थीविरुद्ध भ्रष्....

प्रधानाध्यपकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन २७ : अख्तियार दुरुपयोग अनुसुन्धान आयोगले डडेल्धुरास्थित भूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक कलापति देवी अवस्थीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अवस्थीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखाइ राहत कोटामा जागिर खाएकाे अख्तियारले जनाएकाे छ।

उनले भारतको इलाहबादबाट माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालयबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेका थिए। उनी ०५७ मंसिर १ गते विद्यालयमा निजी स्रोतमा र ०६१ पुस २४ गते राहत दरबन्दीमा नियुक्त भएका थिए। उनलाई अख्तियारले आज (मंगलबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्