Kathmandu Press

नेपालबाट संसारले समावेशीताको पाठ सिक्नुपर्छ : बेलायती मन्त्री बर्ड

काठमाडौं, फागुन १०ः बेलायत भ्रमणमा रहेकाअर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वे....

नेपालबाट संसारले समावेशीताको पाठ सिक्नुपर्छ : बेलायती मन्त्री बर्ड

काठमाडौं, फागुन १०ः बेलायत भ्रमणमा रहेकाअर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको भेटघाटमा बेलायती मन्त्री लर्डले ०७२ को विनासकारी भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेका हुन् ।

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको जिकिर गर्दै समावेशीताको पूर्ण अभ्यास भइरहेको स्पष्ट पारेका थिए । संसदमा ९० प्रतिशतभन्दा बढि सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको स्पष्ट पारे ।

नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाईभन्दा बढि प्रतिनिधित्व भएको उनले बताए । भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने समेत बताएका हुन् ।

भेटमा लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव समेत बताएका थिए । भेटमा बर्डले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता गरेका छन् ।

मन्त्री खतिवडाले पुनर्निर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको निर्माण कार्य तीव्ररुपमा अघि बढेको जानकारी दिएका थिए । मन्त्री खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा गरेको समेत गरेका छन् ।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्