Kathmandu Press

'प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न मिल्दैन'

काठमाडौं, फागुन २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज नहुने भएका छन्। मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधा....

'प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न मिल्दैन'

काठमाडौं, फागुन २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज नहुने भएका छन्। मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने चिकित्सकले बताएका छन्।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्नु पर्ने अस्पतालले जनाएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरकेपनि अझै केही दिन अस्पतालनै बस्नुपर्ने उनको निजी चिकित्सक डा. दिव्या सिंहले बताइन्।

चिकित्सकले प्रधानमन्त्रीको डिस्चार्ज अब कहिले हुन्छ भन्नेबारे खुलाएको छैन।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्