Kathmandu Press

कोरोनाको आशंका लागे घरमै क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, फागुन २७ : कोरोना भाइरस संक्रमण भएको आशंका लागेमा आफैले घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। सरकारले सबैका लागि क्वारेन्टाइन बनाउन नसक्ने ....

कोरोनाको आशंका लागे घरमै क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, फागुन २७ : कोरोना भाइरस संक्रमण भएको आशंका लागेमा आफैले घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। सरकारले सबैका लागि क्वारेन्टाइन बनाउन नसक्ने जनाएको छ।

मंगmबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्‍वारेन्टाइनमा राखेजसरी नराखिने बताए।  उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफै क्‍वारेन्टाइनमा बस्नुपर्ने बताए।

ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने मन्त्री ढकालको भनाइ थियो। ‘कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिन्छ,’ मन्त्री ढकालले भने, ‘ठूलो समूहमा क्‍वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्‍वारेन्टाइनमा राख्‍नेछ।’ तर, शंका लागेका सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने उनको भनाइ थियो।

‘विभिन्न आठ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा सात दिन अगाडि कोरोनाको संक्रमण छैन भन्‍ने प्रमाणित गरेको प्रमाणपत्र भएमात्रै नेपाल प्रवेश हुन्छ। १४ दिन क्‍वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ,’ मन्त्री ढकालले भने, ‘क्‍वारेन्टाइन भन्नेबित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं। अब सेल्फ (आफै) क्‍वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ। डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो।’

सामाजिक सञ्जाल र विझिन्न सञ्चारमाध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेषण भइरहेको जनाउँदै युवा संघले आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न मन्त्री ढकाललाई ज्ञापनपत्र बुझाएको हो। संघले संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार आग्रह गरेको छ।

त्यस्तै, विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न, भाइरस संक्रमित देशबाट नेपाल आउने जोकोहीलाई क्‍वारेन्टाइनमा राख्न, संक्रमण नफैलने सुनिश्चिता गर्न माग गरेको छ। युवा संघका संयोजक रामप्रसाद सापकोटाको टोलीले ज्ञापनपत्र बुझाएको हो।

 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, फागुन २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्