Kathmandu Press

सुतिरहेका श्रीमानमाथि एसिड प्रहार, श्रीमती पक्राउ

काठमाडौं, फागुन २७ : काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमानमाथि श्रीमतीले एसिड प्रहार गरकी छन । गएराति घरमा सुतिरहेका....

सुतिरहेका श्रीमानमाथि एसिड प्रहार, श्रीमती पक्राउ

काठमाडौं, फागुन २७ : काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमानमाथि श्रीमतीले एसिड प्रहार गरकी छन । गएराति घरमा सुतिरहेका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त, बालाजुका अनुसार झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको छ। प्रहरीले उनको कोठबाट बियरमा बोतमा राखिएको एसिड बरामद गरेको छ ।

थापाले श्रीमतीलेनै एसिड प्रहार गरेको बयान प्रहरी समक्ष दिएका छन्। अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्