Kathmandu Press

लगानी सहज गर्न पुराना कानुन परिमार्जन गर्दै लैजान्छाैं : अर्थमन्त्री महत

सोमबार काठमाडौंमा आयोजित भारत–नेपाल बिजनेस फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन्।
लगानी सहज गर्न पुराना कानुन परिमार्जन गर्दै लैजान्छाैं : अर्थमन्त्री महत

काठमाडाैं, पुस २३ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा लगानी भित्राउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित भारत–नेपाल बिजनेस फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन्। उनले लगानीलाई सहज गर्न पुराना कानूनहरुलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरे।

Hardik ivf

सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रीत गरेको जिकिर गरे। उनले जलविधुत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि नीजि क्षेत्रले ध्यान दिनुपर्ने बताए।

नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उनले बताए। उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए। 

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्