Kathmandu Press

कोशीमा गठबन्धनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीले गरिन् उम्मेदवारी दर्ता

कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री र प्रस्तावकमा माओवादी केन्द्रका गणेश उप्रेती छन्।
कोशीमा गठबन्धनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीले गरिन् उम्मेदवारी दर्ता

विराटनगर, पुस २३ : राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएकी छन्।

कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री र प्रस्तावकमा माओवादी केन्द्रका गणेश उप्रेती छन्। कांग्रेसबाट कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराए।

Hardik ivf

सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तयभए अनुरुपनै उम्मेदवारी दर्ता भएको हो । 

कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्र्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ। 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्