पूर्व न्यायाधीश खत्रीको निधनले सर्वोच्च अदालतमा शोक बिदा
काठमाडौं, फागुन २७ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र होली गरी दुई दिन लगातार बिदा भएको सर्वोच्च अदालत मंगलबार पनि इजलास बस्न सकेन।
....

काठमाडौं, फागुन २७ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र होली गरी दुई दिन लगातार बिदा भएको सर्वोच्च अदालत मंगलबार पनि इजलास बस्न सकेन।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार सर्वोच्चकै पूर्व न्यायाधीश गोपालप्रसाद खत्रीको निधनप्रति शोक व्यक्त गर्न बिदा भएको हो। उनले बिहान कज लिस्ट (पेसी सूची) निस्किएको भएतापनि फुलकोर्टबाट इजलास नबस्ने निर्णय जानकारी दिए। सर्वोच्चले विभिन्न देवानी तथा फौजदारी अभियोगका ६७४ थान मुद्दाको पेसी सूची सार्वजनिक गरेको थियो । सर्वोच्चका पूर्व न्यायाधीश खत्रीको तीन दिन अघि निधन भएको थियो ।
प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार