कतारकाे लागि श्रम स्वीकृत स्थगन
काठमाडौं, फागुन २७ : वैदेशिक रोजगार विभागले कतारको लागि श्रम स्वीकृत स्थगित गरेको छ। मंगलबारदेखि अर्को निर्णय नआउँदासम्मको लागि भन्दै विभागले कतार जान....

काठमाडौं, फागुन २७ : वैदेशिक रोजगार विभागले कतारको लागि श्रम स्वीकृत स्थगित गरेको छ। मंगलबारदेखि अर्को निर्णय नआउँदासम्मको लागि भन्दै विभागले कतार जाने भिसामा रोक लगाएको हो।
कोरोना भाइरसको त्रासको कारण कतार सरकारले नेपालसहित १४ देशको नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाइसकेको छ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कतार बाहेक अन्य देशको लागि भने श्रम स्वीकृति स्थगन नभएको बताए।
हालसम्म नेपालमा कोहीमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएपनि युएई र अष्ट्रेलियामा रहेका तीन जना नेपालीमा संक्रमणको पुष्टि भइसकेको छ।
प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











