मुलुकको अर्थतन्त्र लयमा फर्कदै : अर्थमन्त्री महत
शनिबार चितवनको नारायणगढमा उद्योग बाणिज्य सघ चितवनको ५७ वर्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले घर जग्गाको कारोबार, सेयर बजारको अवस्थालाई हेर्दा अर्थतन्त्र बिस्तारै लयमा फर्कदै गएको सकेत देखिएको बताए।चितवन, पुस २१ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन्।
शनिबार चितवनको नारायणगढमा उद्योग बाणिज्य सघ चितवनको ५७ वर्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले घर जग्गाको कारोबार, सेयर बजारको अवस्थालाई हेर्दा अर्थतन्त्र बिस्तारै लयमा फर्कदै गएको सकेत देखिएको बताए।
उनले अहिले देशमा विप्रेशण बढ्दै गएको र पर्यटक आगमन बृद्धि हुदै गएकाले नकारात्मक कुरा मात्रै नभई देशको यथार्थ कुरा बाहिर आउनुपर्ने धारणा राखे। त्यस्तै उनले मुलुकमा व्यापार व्यवसायहरु विस्तारै चलायमान हुदै गएको र लगानी पनि भित्रन थालेको दाबी गरे।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग बाणिज्य महासघको धेरै प्रयास पछि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा फरक आएको बताउनु भयो। उहाले महासघको आग्रहमा गरीएको सर्बपक्षीय बहस र भेला पछि बित्तिय सस्थाहरुबाट लिएको कर्जाको ब्याज घटेको बताए।
सो अवसरमा उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएकोे आर्थीक पत्रकारीता पुरस्कार पत्रकार सुर्य अधिकारी र सन्तुदेवी हिरालाल प्रधान युवा उद्यमी पुरस्कार युवा उद्यमी सन्दीप पौडेललाई प्रदान गरीएको छ।