आठ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ बन्द
काठमाडौं, फागुन २७ : कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण भएका आठ देशका नागरिकलाई नेपाल सरकारले ‘अन अराइभल भिसा’ बन्द गरेको छ।
काठमाडौं, फागुन २७ : कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण भएका आठ देशका नागरिकलाई नेपाल सरकारले ‘अन अराइभल भिसा’ बन्द गरेको छ।
एक साता अघि सरकारले गरेको निर्णयअनुसार मंगलबारदेखि लागु हुने गरि चीन, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेश बन्द गर्ने तयारी गरेको थियो। एक साताको अवधिमा अन्य देशमासमेत भाइरसको प्रभाव देखिएपछि थप तीन देश स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई प्रवेशमा रोक लगाएको हो।
अध्यागमन विभागका अनुसार आज (मंगलबार) बाट भाइरसको उच्च संक्रमण भएका देशका नागरिक नेपाल आउनु पर्दा कोरोना भाइरसको संक्रमण नभएको प्रमाणसहित सम्बन्धित दूतावास वा नियोगमा आवेदन दिनु पर्नेछ।
यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य सीमा नाकामा ‘अनअराइभल’ भिसा दिदैँ आएको थियो।











