Kathmandu Press

बेथानचोकमा आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

बेथानचोकमा आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

काभ्रे, पुस २० : बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, कृष्ण गोपाल मा. वि. द्वितीय र भूमिमाता मा. वि. तृतीय भएको छ। यस्तै चक्रेश्वर मा।वि।ले सान्त्वना भयो।

चित्रकलामा (कक्षा १–५) तर्फ पार्वती मा. वि. प्रथम भएको छ भने भीमसेनेश्वर मा. वि. द्वितीय, सरस्वती मा. वि. भुग्देउ तृतीय हुँदा गोरखनाथ प्रा.वि.सान्त्वना भयो।

Hardik ivf

Untitled-1704467299.jpeg

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताए।

उनले अभिभावकहरुसँग कार्यक्रमहरु सुझावका रुपमा माग्दै रचनात्मक कार्यक्रमहरु शैक्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताए। विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने उनको भनाई थियो।

1-1704467299.jpeg

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले उहाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता

रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताए।

कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यवाद दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईलगायतको उपस्थिति रहेको थियो ।

3-1704467299.jpeg

प्रकाशित मिति: २०:५३ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्