१७ वर्षदेखि फरार अभियुक्त पक्राउ
सिरहा, फागुन २७ : कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय ताेकिएर फरार रहेका भाेला यादवलाई प्रहरीले पक्राउ गरेको छ। १७ वर्षपछि प्रहरीले यादवल....

सिरहा, फागुन २७ : कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय ताेकिएर फरार रहेका भाेला यादवलाई प्रहरीले पक्राउ गरेको छ। १७ वर्षपछि प्रहरीले यादवलाई सोमबार पक्राउ गरेकाे हाे।
कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय यादवलाई प्रहरीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थाबा६ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र सात सय रुपैयाँ जरिवानाको सजाय पाएका रामअशिष यादवलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। विसं २०६१ देखि फरार रहेका सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेकाे हाे। लुकीछिपी बसेको अवस्थाबाट उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ। अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो। अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जनाएको छ।











