Kathmandu Press

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी 

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन्। 
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेनाद्वारा कडा निगरानी 

नयाँदिल्ली, पुस २० : सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ। 

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन्। सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन्। 

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ। भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन्।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्