एस्टन भिल्लामाथि लेस्टर सिटीको शानदार जित
काठमाडौं, फागुन २७ : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ।
आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टर स....

काठमाडौं, फागुन २७ : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ।
आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको ४० औं मिनेटमा हारभे बार्नेजले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको लेस्टरले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।
खेलको ६३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जेमी भर्डीले लेस्टरको अग्रता दोब्बर पारे। ७९ औ मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि खेलको ८५ औं मिनेटमा हारभेले गोल गरेपछि लेस्टर ४–० ले विजयी भयो।
जितपछि अकतालिकाको तेस्रो स्थानमा रहेको लेस्टरको २९ खेलबाट ५३ अंक भएको छ। एक खेल कम खेलको एस्टन भिल्ला २५ अंकका साथ पुछारबाट दोस्रोमा छ।











