कोशी प्रदेशमा सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थालिने
सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्पा) लाई सभामुख पद दिने सहमति छ। राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ।
विराटनगर, पुस १८ : कोशी प्रदेशमा सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरु सहमत भएका छन्। काेशीमा साउनदेखि सभामुख पद रिक्त छ।
कोशी प्रदेशसभाको बैठक २४ पुसमा बस्दैछ। सोही दिनबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति भएका हुन्।
सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्पा) लाई सभामुख पद दिने सहमति छ। राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ।
प्रकाशित मिति: १४:४० बजे, बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार