प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सोमबार छैटौँ दिनमा उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ। उनको नि....

काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सोमबार छैटौँ दिनमा उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ। उनको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरे विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गौला दान दिएको उनको भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको जनाइएको छ।
यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमै ‘डिस्चार्ज’ गरिने जनाइएको अस्पतालले जनाएको छ।











