जापानमा अवतरणका क्रममा विमानमा आगलागी
विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
टोकियो, पुस १७ : मंगलबार साँझ टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा विमानमा आगलागी भएको छ। अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगलागी भएको हो।
विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको फुटेजहरु सर्वाजनक भएका छन्। सपोरोबाट उडेको अर्को विमानसँग ठोक्किएको बताइएको छ।
विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। क्षतिको मूल्यांकन भइरहेको बताइएको छ।
प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)