नेप्से ३० अंकले घट्यो
मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ। ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ ।काठमाडौं, पुस १७ : सातको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ।
मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ। ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा चार अर्ब ४४ करोड ४६ लाख ६० हजार ३१४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
३०५ वटा विभिन्न कम्पनीको कारोबार भएकोमा आज १०५ कम्पनीका लगानीकर्ताले लगानी गुमाए भने ३७ कम्पनीका लगानीकर्ताले कमाएको नेप्लेसे जनाएको छ।
आज १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ।
चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ।
प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृतमंगलबार, मंसिर ११, २०८१