जापानमा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
जापानका प्रधानमन्त्री फुमियो किशिदाले एक संवोधनका क्रममा भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको बताएका छन्।टाेकियाे, पुस १७ : जापानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर सोमबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले एक संवोधनका क्रममा भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको बताएका छन्। जापानको वाजिमा सहरमा घरहरु भत्केर भग्नावशेषमा परिणत भई धुवाँ उडिरहेको दृष्य समेत सार्वजनिक भएको छ।
वाजिमा मात्रै १५ जनाको मृत्यु पुष्टि भइसकेको छ। भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भए पनि पूर्ण विववरण भने आउन बाँकी छ। इशिकावा प्रान्तमा पर्ने नोटो विमानस्थलमा क्षति पुगेका कारण मानिस अलपत्र परेको जनाइएको छ।
अहिले उद्धारका लागि एक हजार भन्दा बढी उद्धारकर्ता युद्धस्तरमा खटिएको जापानी संचारमाध्यमले जनाएका छन्। भुकम्पका कारण मानिसहरु भग्नावशेषमुनि फसेको हुन सक्ने आशंकासहित खोजी कार्य गरिएको बताइएको छ ।