Kathmandu Press

पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पा, फागुन २६ : पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलबाट आइतबार साँझ अर्ध....

पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पा, फागुन २६ : पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलबाट आइतबार साँझ अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थाबाट २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरेका हुन् । घटनापटि स्थानीयले  प्रहरीलाई खवर गरेका थिए। 

घटनामा संलग्न वडा नं ३ का करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो । 

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्।

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्