Kathmandu Press

ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छ : मन्त्री फुयाँल

काठमाडौं, फागुन २६ : वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताएका छन्। 

....
ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छ : मन्त्री फुयाँल

काठमाडौं, फागुन २६ : वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताएका छन्। 

मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न पुगेका मन्त्री फुयाँलले स्थानीयसँगको छलफलमा भने,'हाम्रो उद्देश्य वस्तुवादी योजनासहित जनतालाई धनी तथा सुखी बनाउने र गाउँको विकास गरेर देशलाई समृद्ध बनाउने हो।' 

'प्रदेशको सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब यसलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ', उनले भने,'सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको यो क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्ने योजना सरकारको छ।' 

प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले मनहरिबाट राक्सिराङ, कैलाश र धादिङ हुँदै नुवाकोट र रसुवासमेत जोड्न सके यस क्षेत्रका नागरिकलाई प्रदेशको राजधानी हेटौंडा आउन सजिलो हुने बताए। 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, फागुन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्