Kathmandu Press

अस्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, फागुन २६ : 'अस्ट्रेलिया र दुबई लाने' भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषाका २४ वर....

अस्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, फागुन २६ : 'अस्ट्रेलिया र दुबई लाने' भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाई पक्राउ गरेको हो।

सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भन्दै ठगी गरेको शाहलाई महानगरीय अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो। उनले प्रति व्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएके प्रहरीको भनाई छ। 

त्यस्तै अस्ट्रेलिया पठाउन्छु भन्दै ठगी गर्ने तामाङलाई काठमाडौं प्रहरी पपरिसर टेकुले पक्राउ गरेको हो। उनले चार जनाबाट प्रतिव्यक्ति ४० लाख रुपैयाँ लिएका थिए। 

दुवै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्