Kathmandu Press

ग्राउन्ड ह्यान्डलिङ नेवानिकै हुन्छ : मन्त्री किराती 

ग्राउन्ड ह्यान्डलिङ नेवानिकै हुन्छ : मन्त्री किराती 

काठमाडौं, पुस १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने बताएका छन्।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सवमा मन्त्री किरातीले नेवानिले विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोस्ने स्पष्ट पारे। उनले निगमको ह्यान्डलिङ सेवा खोस्ने कोसिस नगर्न पनि प्राधिकरणलाई चेतावनी दिएका छन्।  

Hardik ivf

‘वायुसेवा निगमलाई बचाउनको निम्ति अहिले ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ। यो बटमलाइन हो। अर्को निर्णय नहुन्जेलसम्म यो विषयमाथि तपाइहरुले कुरा उठाउनु भयो भने त्यो नीति र नेतृत्वमाथि हस्तक्षेप हुन जान्छ। अब यो कुरा उठेमा त्यो राज्यको नीति माथि नै प्रश्न हुनेछ।’

किरातीले राज्यले दिएका जिम्मेवारीलाई पूरा गर्नतर्फ लाग्नुर्नेमा कर्मचारीलाई जोड दिँदै ग्राउण्ड ह्यान्डलिङको विषय आज उप्रान्त नउठाउन निर्देशन लिए। 

‘नेवानिले पाएको अधिकार खोस्ने कुरामा सधैं प्रश्न उठ्छ, किन उठिरहन्छ यो कुरा रु यसलाई नउठाउनको लागि गम्भीरताको साथ म निर्देशन दिन्छु। निर्देशन गर्दा पनि कुरा उठाए त्यो राम्रो हुँदैन भन्ने कुरा बुझ्नुहोला’, मन्त्री किरातीले भने।
  
 

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्