घाँस काट्न निस्केकी महिला मृत फेला
डोटी, फागुन २६ : जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहर....

डोटी, फागुन २६ : जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए।
कामीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: ११:२१ बजे, सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार