Kathmandu Press

महिला सहकारीको भविष्य उज्ज्वल : अर्थमन्त्री डा. महत

उनले सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको भन्दै सरकारले यसमा सहयोग पनि गरिरहेको बताए।
महिला सहकारीको भविष्य उज्ज्वल : अर्थमन्त्री डा. महत

नुवाकोट, पुस १४ : अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्ज्वल रहेको बताएका छन्।

नुवाकोट पञ्चकन्या–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिलाहरु जिम्मेवारीलाई गम्भीररुपमा लिएर काम गर्ने बताए।

Hardik ivf

उनले सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको भन्दै सरकारले यसमा सहयोग पनि गरिरहेको बताए।

‘आफूले उत्पादन गर्न खोजेको वस्तु पुँजीको अभावमा समस्या भोग्नुपथ्र्याे, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि छ,’ उनले भने, ‘पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे।’

युवाहरु विदेशिने प्रक्रिया बढेसँगै घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएको पनि उनको भनाइ छ। उनले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ।’

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्ने उनले बताए  जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको पनि उनको भनाइ थियो।

प्रकाशित मिति: १९:२० बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्