फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र : अर्थमन्त्री महत

सिन्धुपाल्चोक, पुस १४ : अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन गर्दै मन्त्री महतले आर्थिक क्रियाकलापको महत्वपूर्ण व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध रहेको समेत बताए।
नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था सुखद नभएको उहाले बताए। उनले फर्निचर व्यवसायलाई प्रोत्साहन गर्न तयारी सामानमा बढी भन्सार लगाउने नीति लिइएको जिकिर गरे।
स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहने भन्दै उहाले ऐन, नियम र कानुनले फर्निचर उद्योगमा देखिएको समस्या समाधान गर्न सरकार लागेको बताए।
प्रकाशित मिति: १७:३६ बजे, शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












