बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा पनि प्रदर्शन

सुर्खेत, पुस १४ : ललितपुरको बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ।
ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारबिरुद्ध आन्दोलन सुरु भएको हो। दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन्।
कहत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरीचोकबाट आन्दोलन सुरु गरेका हुन्।
उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत गरेका छन्।
उनीहरुले राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन्। आन्दोलनमा सहभागी युवाहरुले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
प्रकाशित मिति: १६:४० बजे, शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












