Kathmandu Press

ट्रेड एक्स्पोमा करोबार बढ्यो

ट्रेड एक्स्पोमा करोबार बढ्यो

विराटनगर, पुस १४ : कोशी प्रदेशको राजधानी विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। हालसम्म एक्स्पोमा १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। एक्स्पोमा विशेषगरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिकका भाँडा वर्तन आदि विशेष छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ।

Hardik ivf

यसैगरी, भारत, पाकिस्तान तथा बंगलादेशका कपडा, छालाका सामग्री, भान्सामा प्रयोग गरिने सामग्री लगायतका स्टलहरुमा पनि भीडभाड देखिने गरेको छ। गत पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको एक्स्पो पुस १६ गते सम्म सञ्चालन हुने संयोजक अनिलकुमार साहले बताए।

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका प्रदेशका वस्तुहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवं कोशी प्रदेशका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य एक्स्पोको छ।
 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, पुस १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्