Kathmandu Press

अर्थतन्त्र बिस्तारै लयमा फर्कँदैछ : अर्थमन्त्री महत

अर्थतन्त्र बिस्तारै लयमा फर्कँदैछ : अर्थमन्त्री महत

काठमाडौं, पुस १२ : अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गएको बताएका छन्।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारण सभामा सहभागी उनले सबैभन्दा बढी पर्यटक आगमन यसवर्ष नै भएको उल्लेख गर्दै विदेशबाट आउने रेमिट्यान्स पनि बढिरहेको बताए।

Hardik ivf

‘धेरै बैंकहरुले व्याजदर घटाएका छन्। सेयर मार्केट पनि १८ सय हारहारीबाट २१ सय पुगेको छ, यो राम्रो संकेत हो’ अर्थमन्त्री महतले भने, ‘अहिलेको अवस्थामा जग्गा र सेयरमा राम्रो संकेत देखिएको छ।’

विगतमा भविष्यमा आउनसक्ने आम्दानीको स्रोतलाई आंकलन नगरिकनै बजेट बाँडफाँट गर्ने प्रचलन रहेको साथै निर्दिष्ट प्राथमिकताका क्षेत्रमा पनि हेलचेक्र्याइँ भइरहेको अवस्थामा बहुवर्षीय सुनिश्चितता नगरिकनै बजेट राख्दा समस्या हुने गरेको बताए।

उनले भने, ‘यसपटकबाट हामीले राष्ट्रिय गौरवको आयोजना बाहेक तीन वर्षमा ठेक्का सम्पन्न हुनुपर्ने र वहुवर्षीय आयोजनामा ४ गुणाभन्दा बढी स्रोत सुनिश्चितता नगर्ने नीति लागू गर्यौं। यसरी काम अघि बढिरहँदा केही मान्छेहरु रिसाइरहेका छन्।’

तीन तहको सरकारको सरकार बनेपछि तीनै तहमा बजेट छुट्याउनु परेको भएपनि संघ सरकारसँगको अपेक्षा नघटेको भन्दै अर्थमन्त्री महतले विदेशी ऋण र नेपाल प्रहरी र नेपाल सेनाको ऋण पनि संघ सरकारले नै तिर्नुपर्ने हुँदा बजेट न्यून रहने गरेको उल्लेख गरे।
 

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्