कोरोना भाइरसबाट बच्न तरुण दलको आग्रह, कालोबजारीप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं, फागुन २५ : छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि नेपाल तरुण दलले सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।
काठमाडौं, फागुन २५ : छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि नेपाल तरुण दलले सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।
दलका अध्यक्ष जितजंग बस्नेतले आज एक बिज्ञप्ती जारी गर्दै गम्भीर परिस्थितिमा सर्तकता अपनाउन र सन्त्रास न्युनिकरणका लागि सबै एकजुट हुनुपर्ने आग्रह गरेका हुन् । तरुण दलले कोरोना भाइरसबाट बच्नका लागि एक अर्का संग भेट हुदा हात नमिलाई नमस्कार गर्न, बिश्वबिधालय अध्ययन अध्यापनमा साबधानी अपनाउन, आधिकारिक माध्यमबाट जारी गरिएका सुचना मात्र सम्प्रेषण गरि सचेतना फैलाउन आग्रह गरेको हो ।
यसैगरी दलले दैनिक उपभोग्य बस्तु, खाद्यान्न ,ग्यास, माक्स, औषधी लगाएत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेप्रति तरुण दल केन्द्रिय समितिलाई निगरानीका लागि अपिल गर्दै सरकारको ध्यानाकर्षण सहित गम्भीर हुन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
यसैगरी सिमा नाका र अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरि बाहिरी मुलुकबाट आउने ब्यक्तिहरुको स्वास्थ परिक्षणमा बिशेष संवेदनशील हुन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।










