नेप्से १.९३ अंकले घट्यो, ७ कम्पनीका सेयरमा सर्किट
भिजन लुम्बिनी, हाथ्वे इन्भेस्टमेन्ट, मनकामना इन्जिनियरिङ लगायतका कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ।काठमाडौं, पुस १२ : नेप्से आज १.९३ अंकले घटेको छ । १०३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३५ कम्पनीका लगानीकर्ताको सेयर मूल्य घटेको छ।
भिजन लुम्बिनी, हाथ्वे इन्भेस्टमेन्ट, मनकामना इन्जिनियरिङ लगायतका कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। धौलागिरि र वीपीडब्लु लघुवित्तको सेयर मूल्य घटेको छ।
सूचक घटेपछि कारोबार रकम घटेको छ । बिहीबार ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो । सोनापुरको १४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१३ करोड ५६ लाखको कारोबार भएको शिवम् सिमेन्ट दोस्रो, १३ करोड ४३ लाखको कारोबारले घोराही सिमेन्ट तेस्रो र १२ करोड ९८ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो स्थानमा रह्यो।
प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृतमंगलबार, मंसिर ११, २०८१