Kathmandu Press

कोरोना भाइरसबाट एयरलाइन्सलाई १ खर्ब १३ अर्ब अमेरिकी डलर घाटा

कोरोना भाइरस फैलिने क्रम नरोकिए विश्वभरिका एयरलाइन्सलाई एक खर्ब १३ अर्ब अमेरिकी डलर घाटा हुने इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसनले जनाएको छ।

सन् २००८ मा व....

कोरोना भाइरसबाट एयरलाइन्सलाई १ खर्ब १३ अर्ब अमेरिकी डलर घाटा
फाइल

कोरोना भाइरस फैलिने क्रम नरोकिए विश्वभरिका एयरलाइन्सलाई एक खर्ब १३ अर्ब अमेरिकी डलर घाटा हुने इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसनले जनाएको छ।

सन् २००८ मा विश्व आर्थिक संकट हुँदा उड्डयन उद्योगले ब्यहोरेको जत्ति नै घाटा हुने आइएटिएले चेतावनी दिएको छ। भाइरसलाई चाँडै नियन्त्रण नगरे एयरलाइन्सलाई १९ प्रतिशत व्यापार घाटा हुने आइएटिएले जनाएको छ।

दुई साताअघि मात्रै आइएटिएले ३० अर्ब अमेरिकी डलर हाराहारीमा घाटा हुने अनुमान गरेको थियो। “कोरोना भाइरसको प्रभाव अभूतपूर्व छ। दुई महिनामा विश्वभरि उद्योगमा नाटकीय र गम्भीर प्रभाव परेको छ,”आइएटिएका प्रमुख कार्यकारी अधिकृत एलेक्जेन्डर डि जुनियाकले भने,“भाइरस कसरी विकसित हुन्छ प्रष्ट छैन तर यो संकट हो।”

आइएटिएले बताए अनुसार युरोप र एसियाका एयरलाइन्सले बढी मार खेप्नुपर्नेछ। एसिया प्रशान्त क्षेत्रका एयरलाइन्सले ५८ अर्ब अमेरिकी डलरको घाटा ब्यहोर्न सक्छन्। भाइरसलाई चाँडै नियन्त्रण गरिए र विश्वभरिको अर्थतन्त्र चाँडै सुध्रिए उद्योगको कुल घाटा ६३ अर्ब अमेरिकी डलरमा सीमित राख्न सकिने जुनियाकले बताए।

विश्वभरि ९४ हजारभन्दा धेरैलाई नोभेल कोरोना भाइरसको संक्रमण र ३३ सय जनाको मृत्यु भएको छ। तीमध्ये अधिकांश चीनका छन्। दक्षिण कोरिया, जापान, इटाली र इरान पनि गम्भीर रूपले प्रभावित छ। यातायातमा गरिएको कडाइ र ग्राहकको मागमा अभाव भएकाले पनि दर्जनौं प्रमुख एयरलाइन्सले चीन जाने र आउने उडान रद्द गरेका छन्। 

कोरोना भाइरस नै यसको मुख्य कारण हो। ट्रान्स एन्टलान्टिक लगायत युरोप र अमेरिकाभित्रका उडान पनि रद्द गरिएका छन्। विश्वकै ठूलो एयरलाइन्स  अमेरिका एयरलाइन्स (एएएल) ले माग घटेपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिरहेको प्रमुख कार्यकारी अधिकृत डोग पार्करले बताए। युनाइटेड एयरलाइन्सको स्कट यो वर्ष ३२ प्रतिशतले घटेको छ। 

जर्मनीको लुफ्थान्सा पनि सोही अवधिमा २९ प्रतिशतले घटेको छ। लुफ्थान्साले मार्च महिनामा जर्मनीभित्र र इटाली जाने ७१ सय वटा युरोपेली उडान रद्द गरेको जनाएको छ। साताको सुरूमा लुफ्थान्साले ७७० मध्ये १५० वटा विमान थन्काउने जनाएको छ।
 

प्रकाशित मिति: ०६:३१ बजे, सोमबार, फागुन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्