Kathmandu Press

रेखा थापा भन्छिन्, ‘हामी महिला श्रृंगारको वस्तु बन्न लालायित नहोऔँ’

काठमाडौं, फागुन २५ : राप्रपा (संयुक्त) की सह–महामन्त्री तथा नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारका लागि आफैँ लड्नु पर्ने बताएकी छिन्।&n....

रेखा थापा भन्छिन्, ‘हामी महिला श्रृंगारको वस्तु बन्न लालायित नहोऔँ’

काठमाडौं, फागुन २५ : राप्रपा (संयुक्त) की सह–महामन्त्री तथा नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारका लागि आफैँ लड्नु पर्ने बताएकी छिन्। 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा  आइतबार आयोजित साक्षात्कारमा उनले भनिन्,‘ठूला–ठूला समारोह वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन। अझै पनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन्।’ 

अधिकार र अवसर कानूनमा पाए पनि अझै व्यवहारमा त्यो लागू नभएको उनले बताइन्। महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले तर्क गरिन्।

उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धी नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताइन्।

उनले भनिन्,‘महिला भनेको श्रृंगारको वस्तु होइन, हामी पनि वस्तु बन्न लालायित नहोऔं। अहिले पनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ। म भन्छु अब महिला बन्नको लागि होइन, आत्मनिर्भर बन्नुपर्छ। हामी सह–अस्तित्वमा बाँच्ने कोशिश गरौं।’ 

उनले अहिले पनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन्।  उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताइन्।उनले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर गरिन्। उनले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभुति हुनुपर्ने पनि बताइन्। 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्