Kathmandu Press

पाकिस्तानका पूर्वस्पिनर मुस्ताकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं, फागुन २५ : पाकिस्तानी राष्ट्रिय टिमका पूर्वखेलाडी तथा भेट्रान स्पिनर सक्लेन मुस्ताकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन्।

....
पाकिस्तानका पूर्वस्पिनर मुस्ताकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं, फागुन २५ : पाकिस्तानी राष्ट्रिय टिमका पूर्वखेलाडी तथा भेट्रान स्पिनर सक्लेन मुस्ताकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन्।

९० को शतकमा अन्तर्राष्ट्रियमा क्रिकेटमा तहल्का मच्चाएका मुस्ताकले नेपालमा एक हप्ता प्रशिक्षण दिने छन्। मुस्ताकलाई वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल ल्याउन लागेको हो। हात्तीबनस्थित एकेडेमीमा मुस्ताकले अप्रिल १४ देखि २१ सम्म प्रशिक्षण दिने एकेडेमीका अध्यक्ष सुदीप शर्माले जानकारी दिए।

‘दुस्रा बल’का जन्मदाता मुस्ताकले पाकिस्तानका लागि टिमबाट १९९५ देखि २००५ सम्म खेलेका थिए। उनले ४९ टेस्ट र १६९ एकदिवसीय खेल खेलेका छन्। जसमा उनले टेस्टमा २०८ र एकदिवसीयमा २ सय ८८ विकेट लिन सफल छन्। एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० , १५०, २०० र २५० विकेट लिने कीर्तिमान पनि उनले बनाएका छन्।

मुस्ताक पछिल्लो समय बलिङ प्रशिक्षकका रुपमा कार्यरत छन्। उनले इंग्ल्यान्ड, वेष्टइन्डिज, न्यूजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया र बंगलादेशमा बलिङ प्रशिक्षकका रुपमा काम गरेका छन्। गत वर्ष इंग्ल्यान्डले एकदिवसीय विश्वकप जित्दा उनी बलिङ प्रशिक्षक थिए। 

नेपाली खेलाडीहरुले पनि नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकसँग स्तरीय प्रशिक्षण लिन सकून भन्ने उद्देश्यले मुस्ताकलाई नेपाल ल्याउन लागिएको अध्यक्ष शर्माले बताए। 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्